Section 21
व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्ने
: (१) कुनै व्यक्ति वैदेशिक रोजगारको निमित्त व्यक्तिगत रुपमा विदेश जान चाहेमा देहायका कुराहरु खुलाई विभाग समक्ष स्वीकृतिको लागि निवेदन दिनु पर्नेछ :
(क) रोजगारको लागि जान चाहेको मुलुक,
(ख) विदेशमा गर्नु पर्ने कामको प्रकृति,
(ग) रोजगारदाता संस्थाले दिएको स्वीकृतिपत्र,
(घ) रोजगारका शर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौतापत्र,
(ङ) अभिमुखीकरण तालिम प्राप्त गरेको प्रमाणपत्र,
(च) निरोगिताको प्रमाणपत्र ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि विभागले आवश्यक जाँचबुझ गर्दा निवेदकको माग उपयुक्त देखिएमा निवेदकलाई रोजगारका लागि विदेश जाने स्वीकृति दिनेछ र त्यसरी स्वीकृति दिँदा विभागले बीमा गरेको प्रमाण पेश गर्न लगाउनु पर्नेछ ।
(३) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि इजाजतपत्रवालाले व्यक्तिगत रुपमा कामदार पठाउन पाउने छैन ।